कोरोनाभाइरस महामारीका कारण संसारकै अर्थतन्त्रमा ठुलो असर परेको छ र धेरै मानिसहरूले जागिर गुमाएका छन्।

कोरोनाभाइरस महामारीका कारण संसारकै अर्थतन्त्रमा ठुलो असर परेको छ र धेरै मानिसहरूले जागिर गुमाएका छन्।

https://www.bbc.com/nepali/news-56206343

विदेशमा कार्यरत धेरै नेपालीहरू पनि जागिर गुमाएका कारण स्वदेश नै फर्किएका छन्। केही युवाहरूले लकडाउनका बेला व्यवसाय गर्ने उपाय सोचेर त्यसलाई व्यवहारमा बदलेर उद्यमी समेत बनेका छन्।

लकडाउनकै बेला एघार थरीका चटपटे बनाउने उपाय ल्याएर चटपटेको व्यवसाय गरेकी छन्अन्सु रानी राजथलाले।

बैङ्ककबाट पढाइ सकेर नेपाल फर्किएका सुशान्त कक्षपतिले साथीसँग मिलेर घरघरमा बारबीक्यु पुर्‍याउने व्यवसाय गर्न सुरु गरे।

यसै गरी चीनमा १८ वर्ष काम गरेका विष्णु मगरले महामारीकै कारण जागिर गुमाए। तर नेपालमा उनले आफ्नै रेष्टुराँ खोले र अरूलाई समेत रोजगारी दिए।

हेर्नुहोस् सृजना श्रेष्ठले उनीहरूसँग कुराकानी गरेर बनाएको यो भिडियो।